• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

राेल्पामा कुटपिटबाट एकको युवाकाे ज्यान गयाे, ६ जना पक्राउ


साउन १७, रोल्पा । राेल्पामा कुटपिट बाट एक जना युवाकाे मृ त्यु  भएकाे छ। जिल्लाकाे  रुन्टीगढि गाउँपालिका– ६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृ त्यु भएको हो ।

स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि घाईते भएका उनको उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ । साेही वडाकाे सालवाङ बस्ने ६५ वर्षीय गोठे बुढा दाङबाट घरतर्फ आउँदै गर्दा बस्नेतले साथमा रहेको नगद ५ हजार र हातमा लगाएको घडी लुट्न खोजेपछि स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयलाई खबर गरे पश्चात १४ जनाको समूहले राती १ बजेको समयमा बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनि ढोका ढक्ढकाउँदा बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै १४ जनाको समूहले छोपी कुटपिट गर्दा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतलाई उपचारको लागि शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा रुन्टीगढि गाउँपालिका–६ भनझ्याङ खोला नजिक बस्नेतको मृ त्यु भएको थियो ।

बस्नेतको मृ त्युु भएको खवर विहान १० बजे प्रहरीलाई खबर गरिएको र प्रहरीलाई खबर प्राप्त हुना साथ प्रहरी खटी घटनामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ भने अन्य ८ जना फरार व्यक्तिको खोजीकार्य जारि रहेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार