• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा पहिलाेपटक सुरक्षाकर्मीमा काेराेना संक्रमण


गणेश खड्का

गणेश खड्का/ साउन १७, सल्यान । सल्यानमा पहिलाेपटक सुरक्षाकर्मीमाथी काेराेना संक्रमण भएकाे छ । सल्यान खलंगा स्थित लुहापिङ आइसोलेसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

सवुज गण सिमखर्कमा कार्यरत ती सिपाही लुहापिङमा आइसोलेसन निर्माण पश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए । शनिबार पदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिए ।

यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने हालसम्म २ सय ४० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार