साउन १७, सल्यान । सल्यानकाे बागचाैरमा निर्माणाधिन खानेपानी ट्याङ्कीको चारैतर्फ फुल तथा विरुवा रोपि उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकार र जिल्ला खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा निर्माण भएको ट्याङ्की वरपर शनिबार विरूवा रोपिएको हो ।
बागचाैर नगरपालिका २ मा रहेको लिफ्ट खानेपानी कार्यसमिति अध्यक्ष ज्ञानेश्वर के.सी, वडा नम्बर २ का वडा अध्यक्ष टोपबहादुर डि.सी, वडा सदस्य चन्द्र बहादुर वलीले सामुहिक रूपमा उद्घाटन गरेका हुन । बागचाैर, जिउँला, मिलनडाँडा र थारमारेका स्थानिय उपोभोक्ताको सहभागीतामा निर्माणाधीन खानेपानी ट्याङ्कीमा चारैतर्फ फुल र बिरुवाहरु रोपेर उद्घाटन गरिएको हो ।
यस आयोजनाबाट करिब ४ सय घरधुरीले शुद्ध खानेपानी खान पाउने छन् । निर्माणाधीन खानेपानी आयोजनाको अहिले ५० प्रतिशत काम सप्पन्न गरिएको छ भने बाँकी काम यहीँ मंसिरसम्म सप्पन्न गर्ने लक्ष्य राखिएको समितीका अध्यक्ष ज्ञानेश्वर केसीले बताए । एक हजार घरधुरीमा बिस्तार हुने गरि शुद्ध खानेपानी उपलब्ध गराउने यो आयोजनाले लक्ष्य राखेको छ ।
शारदा खोला जङगार बाट लिफ्ट गरि बागचाैरमा रहेको खत्री समाजको मन्दीर सम्म बहु बर्षिय योजनामा अनुमानित ३ करोड २६ लाखको लागत डिजाइन इस्टिमेट गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनितीक सल्लाहकार भिमप्रकाश शर्माको विषेश पहलमा बागचौर लिफ्ट खानेपानी आयोजना अगाडि बढेको हो ।