• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

बुटवलमा दुई जना कोरोना संक्रमित सम्पर्कविहीन


साउन १७, बुटवल । बुटवलमा कोरोना संक्रमण पुष्टि भएका २ जना वेपत्ता भएका छन् । लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा परीक्षणबाट कोरोना पुष्टि भएका उनीहरु पुष्टि भएको जानकारी पाए लगत्तै सम्पर्क बिहीन भएकाे बताईएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको र पोजिटिभ रिपोर्ट आएको पहिलो सुचना पाएसँगै सम्पर्क बाहिर गएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु सम्पर्क बाहिर गएपछि स्थानीय जनप्रतिनिधि र प्रशासनलाई समेत खोजीका लागि अनुरोध गरिएको डाक्टर गिरीले बताए ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार