• २०७७ साउन २७ गते मङ्गलवार
  • Preeti To Unicode

वरिष्ठ नेता पौडेलले संसदीय चुनावमा पार्टीका उम्मेदबार हराउनेलाई किन संरक्षण गर्छन ? (अडियो सहित)


काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको पुष्टि भएका व्यक्तिलाई संरक्षण गरेर पार्टी भित्रको न्याय सिध्याउने प्रयाश गरेका छन्।

गत संसदीय चुनावमा कैलाली क्षेत्र नम्वर ३ की उम्मेदबार डा. आरजु राणा देउवालाई हराउन भूमिका खेलेका पुष्करनाथ ओझालाई पार्टी अनुशासन समितिले गरेको कारबाहिप्रति विमति राखेर पौडेलले पार्टीलाई कमजोर बनाउन अघि बढेको प्रष्ट गरेका छन्।

ओझाले नेपाली कांग्रेसकी आधिकारीक उम्मेदबार डा. आरजुलाई चुनावमा असहयोग गरेको चुनावपछि कैलालीले आयोजना गरेको एक कार्यक्रममा आफै बताएका थिए । उक्त कार्यक्रममा वरिष्ठ नेता पौडेल स्वयम पनि उपस्थित थिए । आफैले पार्टीको आधिकारी उम्मेदबारलाई हराउन भूमिका खेलेको भन्ने भनाई ओझाबाट सुनेका पौडेल अहिले भने उनी माथि अनुशासन समितिले गरेको कारबाहीप्रति असहमत राख्दै आएका छन्।

२०७० सालको चुनावमा पार्टी सभापति शेरबहादुर देउवाले चुनाव जितेको कैलाली–३ मा भएको उपचूनावमा ओझाले चुनाव जितेका थिए ।

गत चुनावमा नेपाली कांग्रेसबाट प्रत्येक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदबार बनाउनै पर्ने कानुन अनुसार डा. आरजुले टिकट पाएकी हुन् । ‘पार्टीका तर्फबाट ३३ प्रतिशत महिला उम्मेदबार उठाउन हम्मे हम्मे परेका बेला कोही पनि प्रत्येक्ष चुनाव लड्न नमानेपछि डा. आरजु देउवा चुनाव लड्न तयार हुनुभएको हो’, पार्टीको संसदीय वोर्डका एक सदस्यले भने, ‘त्यति बेलै ओझालाई समानुपातिक र राष्ट्रिय सभाको सदस्यको लागि प्रस्ताव गर्दा उनी म राजनीति गर्दिन भन्दै तर्किएर हिडेका हुन् ।’

तर पार्टीको वरिष्ठ नेता पौडेलले भने प्रमाणका आधारमा अनुशासन समितिले ओझामाथि कारबाही गरेपछि विज्ञप्तिनै निकालेर त्यसमा असहमति राखेका छन्। ‘पार्टीको वरिष्ठ नेताले प्रमाण सहित कारबाही गरेको व्यक्तिलाई जोगाउन खोज्नु गम्भीर गल्ति हो’, कांग्रेसका एक केन्द्रिय सदस्यले भने।

यता पौडेल आफैले भने आफु चुनाव हारेपछि आफ्ना जिल्लाका नेता गोविन्दराज जोशीलाई प्रमाण विनै कारबाही गरेका छन्। ‘जोशीलाई कारबाही नगरे पार्टी कार्यालयमै अनशन बस्छु भनेर विना प्रमाण उनलाई पौडेलले कारबाही गराए’, ति नेताले भने, ‘जोशीको उम्मेदबारी खारेज भएपछि उनीमाथि कारबाही हुने अरु कुनै आधारनै थिएन ।’

अडियो

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार