शिब राज खनाल ,साउन १७ लमही । लोकप्रिय गायक ज्ञानेन्द्र स्वर्णकारको नयाँ म्युजिक भिडियो सार्बजनिक गरेका छन । स्वर्णकारले तिजको मेलोडीमा रहेको सदाबहार गित ‘मलाई टिकटकले साथी हो हिरो बनायो’ आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरेका हुन । टिकटकले हिरो बनायो नामक गीतमा ज्ञानेन्द्र स्वर्णकारको सँगित सँगै सुष्मा सिर्पाईली सँग आफ्नै भोकल रहेको छ ।
यसअघि गायक स्वर्णकारले हल्लायो हल्लायो तिम्रो जवानीले दुनिया हल्लायो, बुझिनौ कि मायालु (टप्पा), नभन मलाई पुर्बेली पश्चिमेली (देशभक्ति), आगो आगो, दुख पाईया छ लगायत २ दर्जन बढी चर्चित गितहरु सार्बजनिक गरिसकेका छन । समाजमा लुकेर रहेका प्रतिभालाई टिकटकले उजागर गर्नमा ठूलो भुमिका खेलेको भन्दै टिकटकले हिरो बनायो नामक म्युजिक भिडियो सार्बजनिक गरेको र ‘टिकटकले हिरो बनायो’ लाई दर्शक स्रोताले सकारात्मक प्रतिक्रिया दिएको गायक स्वर्णकारले बताए ।
केडी शर्माले लेखेको गितलाई सुरेश पन्थीले छायांकन गरेका हुन । भने मोडल सुरज पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा गोपाल गोराथोकीले ड्रोन सँयोजन गरेका छन । भिडियोमा मोडल सुरज पाण्डे र सोनु महतराको दमदार नृत्य रहेको छ । हास्य कलाकार कमल गाउँलेको पनि दमदार बुवाको अभिनय रहेको छ । टिकटकले हिरो बनायो भिडियोलाई जि. एम. फिल्मस प्राली र बि. टि. एस. प्रोडक्सन हाउसले सम्पादन गरि बजारमा ल्याएको हो । विशेष गरि युबा पिडिका लागि भनेर तयार पारिएको गित ‘टिकटकले हिरो बनायो’ म्युजिक भिडियोलाई माया गरिदिन गायक स्वर्णकारले सम्पुर्ण दर्शकहरुमा आग्रह गरेका छन । भिडियो: