• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

एकीकृत जनक्रान्ति नै अबको निर्णायक क्रान्ति हो


कमरेड मिसन

कमरेड मिसन 

ईतिहास सिद्ध तथ्य के छ भने जब मानव जातिमा बर्गिय समाज कायमनै रहन्छ त्यतिन्जेल सम्म मानवमुक्ती लडाइ चलिनै रहन्छ । २१ औ शताब्दीको विकसित विश्व जगतमा पनि मानवतावादी आन्दोलनहरु नचलेका होइनन । ती मानव मुक्ती आन्दोलनका विरुद्ध सम्बन्धि देशका शासकहरु पुरै राज्य संयन्त्रको प्रयोग गरेर ती मानव मुक्ती आन्दोलहरु दबाउने ध्याउन्नमा लागिरहेका छन।

अमेरिका जस्तो शक्तिशाली सावित गर्ने राष्ट्र भित्रका नागरिक पनि मुक्ती चाहान्छन । पुर्ण मुक्ती र समनताको झण्डा फराइरहेका छन। छिमेकी मुलुक भारत लोकतान्त्रिक गणतन्त्रको रङ्ग दलेर विभेदकारी शासन लादिरहेको छ। लाखौको संख्या मगन्ते जीवन जिउन बाध्य छन । बिहार मुलुकका जनता रोग, भोकबाट आक्रान्त छन । राजनैतिक अधिकारमा पनि तिनको सहभागिता कम छ।

यस्ता कैयाैं देशहरु छन जसलाइ आफू शक्तिशाली र सु-सम्पन्न भएको दाबी गर्छन तर तिनै देशका नागरिकहरु अधिकारबाट बिमुख छन । यतिबेला विश्वको राजनैतिक चरित्रमा नयाँ मेकानिजम्प लागू भएतापनि सामाजिक अन्तरविरोध पनि नयाँ नै बन्न पुगेको छ ।

नयाँ विकसित  विश्व दुनियाँमा नयाँ मोडेलका अस्त्र शस्त्रद्वारा सु-सजित प्रतिरोधात्मक संघर्ष पनि चलिरहेका छन। साम्राज्यवादी एकाधिकार हैकमका विरुद्ध दबेर बस्ने होइन कि साना र कमजोर भनिएका देशले पनि बेला बेला चुनौतीपुर्ण सामाना गरिरहेका छन। यो संसार भरिका श्रमजीवी उत्पीडित जनताको लागि खुसिकै क्षण मान्न सकिन्छ ।

नेपालको पछिल्लो राजनैतिक आन्दोलनलाइ हेर्दा २०५२ साल फाल्गुन १ गते देखि प्रारम्भ गरिएको जनताको युद्ध (जनयुद्व) परिवर्तनको ठुलै कोसेली बोकेको थियो र आशा पनि उत्तिकै थियो । परिवर्तनका निम्ति नेपालको अढाइ करोड जनसंख्यामा आधा भन्दा बढिले माओवादी (जनसत्तामा) सहमत बन्न पुगेका थिए ।

जित र उपलब्धीहरु चमत्कारिक ढङ्गले प्राप्त भैरहेका थिए । बिडमना भन्नुपर्छ माओवादीहरु शान्तिपुर्ण राजनैतिक मुलधारमा जाना पुग्दा सर्वदलीय संयन्त्रले जादु गर्दै दिल्ली सम्म पुर्यायो । नेपालको आन्तरिक मामिलाको सामधान गर्न विदेशीको बन्द कोठा भित्र कैद भएर आँखा बन्द गर्दै सहिछाप लगाउन तम्तयार भए ।

अन्ततः यो माओवादी आन्दोलनको आवसान थियो । दिल्ली सम्झौता हुँदै गर्दा अमेरिकन माओवादी (RCP ) प्रमुख बभएभाकियन र भाकपा माओवादी पार्टीको तर्फबाट तत्कालिन नेकपा माओवादीका नेतृत्वहरुलाइ बारम्बार खुल्ला पत्रमार्फत सुझाव पाठायो कि शान्ति प्रक्रियाको नाममा माओवादी आन्दोलनका उपलब्धिहरु गुम्न पुग्ने छ्न।

यदि शान्ती, सहअस्तित्व र सत्तासाझेदारिको बाटोमा जाना नै चाहान्छौं भनेपनि दुई चिज नछोड भन्ने सुझाव आए पहिलो जनताको सत्ता र दोस्रो  जनमुक्ती सेना कहिल्यै पनि नछोड भन्ने तर तत्कालिन नेतृत्व (प्रचण्ड-बाबुराम) यसप्रती जबाफ दिन मानेन बरु यता इमान्दार र प्रतिबद्ध कार्यकर्ताहरुलाइ रकमी प्रकारको प्रशिक्षणमा लठठ बनाइरहे। अन्ततः ८० प्रतिशत भु भाग माओवनदी सत्ता सन्चालन रहेको थियो त्यो पनि गुम्यो, ५० औ हजार जनमुक्ती सेनापनी निसस्त्र हुन पुग्यो ।

त्यसपछि प्रचण्ड-बाबुरामहरु दाह्रा नङ्गरा नभएको बूढो बाघ जस्तै हुन पुगे । सिङ्गो पार्टी पंक्तिलाई दुइलान संघर्षले कित्ताबन्दी गरिदियो । क्रान्तिकरी धार र प्रतिक्रान्तिकारी धार !प्रचण्ड बाबुरामको तुलनामा मोहन बैध किरण केही क्रान्तिकारी देखिए पनि क्रान्तिको मार्ग स्पष्ट गर्न सकेनन । अहिले पनि कुइरोमा हराएको काग जस्तै बन्न पुगेका छन।

किरण सँगको यात्रामा बुद्धनगरसम्म आएका केही झोकी क्रान्तिकारीहरु भने तुरुन्तै प्रचण्डको शरण पर्न पुगेका छन र आज क्रान्तिकारी आन्दोलनलाइ दबाउने दुस्प्रयास गरिरहेका छन। तत्कालिन नेतृत्वहरु ढले । बाबुराम त झन कम्युनिस्ट पार्टी नै परित्याग गर्दै मधेश तिर हाम फाले । तर बिचार र आदर्श ढलेन । मालेमावादी बिचार आदर्श दिर्घजिवी थियो यो ढल्दैन थियो पनि ।

मालेमाको आलोकमा नयाँ बिचारको सिर्जना अनिवार्य थियो। त्यसैको उपज नयाँ नेतृत्वको जन्म भयो। नयाँ नेतृत्वले नयाँ नीति र बिचारको उदय बनाइछाड्यो । यो १० बर्षिय जनयुद्ध जनाआन्दोलन र दुइलाइन संघर्षको जग थियो। विश्व राजनैतिक परिवेश यतिबेलाको हाम्रो सामाजिक चरित्र ।

नयाँ राजनैतिक अंतर्विरोधको सापेक्षित आकलन गर्दै एकीकृत जनक्रान्तिको राजनैतिक कार्यदिशा पारित भयो । यतिबेला राज्यसत्ता दलालपुजिपती बर्गको हातमा छ । यसको चरित्र पनि दलालपुजिवादी नै छ। समाजवादको डंका पिट्दै सामाजिक फासिबादी रबैयाले भरिभराउ छन ।

आधारभुत कम्युनिस्ट मुल्य मान्याता पनि आत्मसात नगर्ने यी नामधारी कम्युनिस्टहरु सत्ता र कुर्सीको रसातालमा डुबुल्की मारिरहेका छन । कुर्सीकै लोभ र पापले ग्रसित यिनका मानसपटलहरु कहिले चिन प्रिय त कहिले भारत बिरोधी। एंवम रितले यिनको लुटलाइ जोगाउने रस्साकस्सिमा लागिरहेका छन ।

राष्ट र राष्ट्रियता प्रति भन्दा यिनको ध्यान दाम र नाममा मात्रै सिमित छ । सर्वहाराबर्गिय आन्दोलनको ग्राउन्डबाट आउट भैइसकेका खेलाडीबाट के आशा गर्नु र। बरु गाउँ गाउँ बाट बस्ती बस्तिबाट एकीकृत जनक्रान्तिको बिगुल फुक्दै जुर्मुरारहेका छन लाल यौद्दाहरु।

एकीकृत जनक्रान्तिको उत्तार्दमा बलिदानिको सृखला सुरुवात भैइसकेको छ। क्रान्ती र आन्दोलनहरु बलिदान बिनाका हुदैनन। त्यो पनि हामिलाइ थाहा छ। तर राज्य सन्चालनमा रहेका शासकहरु प्रतिबद्धको अस्त्र सोझ्याएर जनभावनालाइ दमन गर्ने चालवाजी चलिरहेको छ । यो पनि संसदवादिहरुको असफलताको पराकाष्ठा सिवाय अरु के नै हुन सक्छ र।

संसदवादी राजनितिकर्मिहरु निर्वाचन अगाडी जुन ढंगले छाती पिटदै जनतामा भ्रम सिर्जना गरिरहेका थिए त्यो पनि आज छर्लङ्ग उदाङिएको छ। पुजिवादको पतन अन्तिम छटपटाहाटमा बाचिरहेको छ।

एकपछि अर्को रासष्टघाती सम्झौतामा हाम फाल्दै राष्ट्रियता नै बन्दक पार्ने अवस्था देखिएको छ। सामाजिक विकृतिका घटनाले सिमानै नाघिसकेको छ। यसको गतिलो उदाहरण रुकुम सोति घटनालाई लिन सकिन्छ। निर्मला काण्ड सेलाएरै गयो । न्यालयले दोषि सावित गर्छ।  कैद फैसला गर्छ फेरि हतार हतार चोख्याउदै स सम्मान कैद भुक्तान नगरी  फैसला गर्छ। न्यालयनै  पुजि र पावरमा बिक्री भैरहदा के भर गर्न सक्छन र। लोकतन्त्रको पुरान सुनिरहदा आम मानिसमा यी यस्ता गतिविधिपनि असामान्य लाग्न सक्छ।

तर एउटा सच्चा क्रान्तिकारिले  बुझ्नु पर्ने चुरो कुरो के हो भने पुजिपति बर्गको स्वामित्वमा पुजिवादी व्यवस्थाकाे मान्यता रहदा सम्म यी कुरितिबाट सिङ्गो मानव जाती मुक्त हुने कल्पाना पनि गर्न सकिँदैन। हाम्रो लागि बरु मृत्युु स्विकार्य  छ तर हार स्विकार्य छैन। एकीकृत जनक्रान्ति नै समाजवाद प्राप्तिको निर्णायक क्रान्ती बन्ना जाने छ प्रतिबद्धता र इमान्दारिता भने जरुर आवश्यक छ जित शुनिश्चित छ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार