मालपोत कार्यालय सल्यानले एक वर्षमा झण्डै २ करोड राजस्व संकलन गर्याे


हिमाल शर्मा

हिमाल शर्मा/ साउन १८, सल्यान । गत आर्थिक वर्ष  २०७६/०७७ मालपोत कार्यालय सल्यानले झन्डै दुई करोड राजस्व संकलन गरेकाे छ । मालपोत कार्यालय सल्यानवाट विभिन्न लिखतहरुबाट १ करोड ९४ लाख २७ह जार ७ सय ४१ रुपैयाँ राजस्व संकलन गरिएकाे मालपोत कार्यालय सल्यानका नि.कार्यालय प्रमुख महादेव कसाईले जानकारी दिए ।

उनका अनुसार मालपोत कार्यालयबाट पारित हुने राजिनामा, बकसपत्र, नामसारी, अशंवण्डा, अशं भपाई, घरकायम, दृष्टिवन्धक, नाम संशोधनबाट गरी १ करोड ९४ लाख २७ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको उनको भनाई छ ।

गत आर्थिक वर्षमा मालपोत कार्यालय सल्यानबाट ३ हजार रजिष्टे शन लिखत पारित भएको छ । नेपाल सरकारले मालपोत कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपाङ्गलाई गरी  ७ सय ९९ जनालाई २० लाख ४५हजार ६ सय ३९ रुपै या छुट दिएको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दिपक बुढाथोकीेले बताए ।

गत आर्थिक वर्षमा नामसारी ३ सय ६१ अदालतको आदेशबाट १ सय २० वटा दाखा, नाम संशो धन एक सय २०, शेषपछिको वकसपत्र दा.खा ६ जना, लगत कट्टा ५  जिल्लाको लिखत दाखा २ वटा लिखतपास गरेको उनको भनाई छ ।

शहरी महिला ४६५ सय जना, ग्रामीण महिला ३ सय २६ जना गरी ७ सय जनालाई गरी २० लाख ४५ हजार ६ सय सय ३९ रुपैयाँ छुट दिइएको उनको भनाई छ । यस्तै शहरी दलित ८ जना ग्रामीण दलित २ गरी १० जनालाई १६ हजार १ सय पचास रुपै याँ छुट दिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार