काेराेना विमा गरेका सल्यानमा अर्का एकजनाले पाए ५० हजार


साउन २०, सल्यान । काेराेना विमा गरेका सल्यानका अर्का एक व्यक्तीलाइ काेराेना संक्रमण भएपछि विमा दाबी रकम पाएका छन् । एनएलजी इन्स्याेरेन्स सल्यान शाखामा विमा गराएका ग्रामिण ऋण तथा सहकारी संस्थाका एकजना सदस्यले दाबी रकमकाे ५० हजार पाएका हुन् ।

ग्रामिण ऋण तथा सहकारी संस्थाले आफ्ना १७ सय १५ सदस्यहरुकाे विमा गराएकाे थियाे । जसमा एकजना सदस्यलाइ काेराेना संक्रमण पुष्टि भएपछि आज एनएलजी इन्स्याेरेन्स सल्यान शाखा प्रमुख विमर्श प्रधानले ग्रामिण ऋण तथा सहकारी संस्थाका प्रबन्धक शान्ता राईलाई रकम हस्तान्तरण गरेका हुन् ।

एनएलजी इन्स्याेरेन्सले सल्यानमा हालसम्म करिब ३ हजारकाे काेराेना विमा गरेकाे छ । समुहमा ५० हजारकाे विमा गर्नलाइ ३ सय र एक लाखकाे विमा गर्नेलाइ ६ सय रुपैयाँ शुल्क भएकाे शाखा सहायक अनुराग बाेहराले बताए । त्यस्तै व्यक्तिगत ५० हजारकाे विमा गर्नेलाइ ५ सय र एक लाखकाे विमा गर्नेलाइ एक हजार भएकाे उनले बताए ।

सल्यानमा यसअघि नेकाे इन्स्याेरेन्सले पनि दुइजना कर्मचारीलाइ काेराेना संक्रमण भएपछि विमा दाबीकाे रकम हस्तान्तरण गरेकाे थियाे ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार