• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

ओली र प्रचण्ड बीच बालुवाटारमा चर्काचर्की



साउन २०, काठमाडौं । पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा चर्चाचर्की भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए ।

विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो । प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए ।

त्यस्तै आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ ।  करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको हो ।

‘ओली स्थायी कमिटी बैठक राख्न तयार भएनन्, हामीले स्थायी कमिटी बैठकबाट समाधान खोजौँ भन्ने अडान छाडेनौ’, बैठकमा सहभागी भएका नेता झलनाथ खनालले भने, ‘त्यही भएर वार्ता सकारात्मक र सहमति हुन सकेन ।’
वार्ता सहमतितर्फ  नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए ।

फाइल फोटो

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार