हेर्नुहाेस तपाईकाे आजकाे राशिफल…


Author Logo..
राशिफल

आज विक्रम संवत २०७७ साउन २१ गते बुधवार, सन २०२० अगस्ट ५ तारिक,  नेपाल संवत ११४० भाद्र कृष्णपक्ष द्वितीया तिथी । आज राेपाइँ जात्रा ।

हेर्नुहाेस आजकाे राशिफल

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु

घरेलु कामकाजमा समय बित्नेछ। परिवारजनसँग असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा व्यर्थैमा दु:ख पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। बिनाकारण साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले पनि समस्या निम्त्याउन सक्छ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बोलीको गलत अर्थ लाग्न सक्छ। बलजफ्ती गर्दा वादविवादमा परिएला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिको उपयोगले मात्र काम बनाउन सकिनेछ। तर अरूको मुख ताक्ने बानीले योजना अधुरो रहनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश सामान्य देखिए पनि व्यावहारिक चिन्ताले सताउनेछ। मिहिनेतपूर्वक गरेको कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। यात्रा गर्दा दु:पाइनेछ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

-नेपाली पात्राेबाट

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार