आनन्द बस्नेत/ साउन २२, सल्यान । घरमा ५५ वर्षकी बुढी आमा ! आमालाइ रेखदेख गर्नेबेला उल्टै आमाले रेखदेख गर्नु परेकाे छ । याे पीडा हाे सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका जनक सिंहकाे । उनि विगत ७ वर्षदेखि स्पाइनल कट राेगका कारण थला परेका छन् ।
तत्कालिन समयमा जनयुद्वमा लागेर अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन हुँदै नेकपा माओवादीकाे सल्यान जिल्ला कमिटी सदस्य भएका उनकाे जीवनमा राेगले अहिले हिलगाडीकाे भरमा घरकाे दैलाेमा बस्ने अवस्था बनेकाे छ । २०७० साल उनका लागि कालाे साल नै बन्याे । जसले अहिलेसम्म उनलाइ पाेलिरहेकाे छ।
२०७० असाेजमा उनलाइ राेगले च्यापेपछि नेपालगन्ज हुँदै भारतकाे नखलउसम्म पुगे । राेग पत्ता लाग्याे । १६ लाख सम्म रकम पनि सकियाे तर अहिलेसम्म निकाे भएन् । साेहि साल उनका बुबाकाे पनि निधन भयाे । राेग लाग्नु अगाडी घरमा दुलही भित्र्याएका उनकी श्रीमती पनि राेग लागिसकेपछि अन्तै बिहे गरेर गइन् ।
यी सबै दुख पीडा खेपेर उनि अहिले घरकाे दैलाेमा बुढी आमाले गरेकाे स्याहारकाे भरमा बसिरहेका छन् । तत्कालिन माओवादी पार्टीले एक लाख रुपैया खर्च सहयाेग गरेपनि अझै सात लाख सम्म ऋण भएकाे उनि बताउछन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने, ‘अब त राेगकाे उपचार गर्ने आशा नै मरेकाे छ, तर पनि लागेकाे ऋण तिर्न पाए हुन्थ्याे लाग्छ ।’
गहभरी आँसु झार्दै उनले भने, ‘घरमा दुलही ल्याएर आएकाे दुइ महिना भएकाे थियाे । राेग लागेपछि उनि पछि अन्तै गइन्, बिहे नहुन्जेल भाइले हेर्थे अहिले उनले पनि हेर्न छाेडे । मेराे कम्मरदेखि तलकाे कुनै भाग चल्दैन् । याे सबै देखेर कहिलेकहीँ मरु जस्ताे लाग्छ तर विधुवा आमालाइ सम्झन्छु । आँखिर उहाँकै साहारामा बाँचेकाे छु ।’
गाउँगाउँमा सिंहदरबार आएपनि आफुहरु जस्ता अपांगलाइ राज्यले सामान्य भात्ता बाहेक अरु केहि दिन नसकेकाे उनले गुनासाे गरेका छन् । सकारले अहिले मासिक १६ सय रुपैयाँ भत्ता दिएपनि त्याे प्रयाप्त नभएकाे भन्दै उनले बरु काम गरेर खानकाे लागि कुनै सिप दिन आग्रह गरेका छन् ।