गत बैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या १७९ पुग्याे


साउन २३, काठमाडाैं । बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा एक घर पहिरोले पुरिँदा एकै परिवारका आमा र छोराको मृ त्यु भएको छ । योसँगै २०७७ वैशाख १ गतेयता पहिरोबाट ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ ।

यो वर्ष पहिरोमा परी ४३ जना वेपत्ता भएका छन् भने १४५ जना घाइते भएका छन् । पछिल्लो एक दशकमा यस वर्ष पहिरोमा परी सबैभन्दा बढीको मृ त्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो वर्ष मनसुन सुरु भएयता मात्र पहिरोका घटनामा परी १७६ जनाको मृ त्यु, ४३ जना बेपत्ता र १४४ जना घाइते भएको प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ वैशाख १ गते यता विभिन्न विपद्का घटनामा परी २३४ जनाको मृ त्यु, ५५ बेपत्ता र ३१२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार