तिम्रो घरबार बिग्रनुको यहि कारण हो मेरो ज्यानलाई तीर्थस्थल मान्नु हुदैनथ्यो


भरत रोकाय 'एक्सन'

गजल

मानिएछ देशलाई दुर्बल, मान्नु हुदैनथ्यो
छिमेकीलाई त्यति असल, मान्नु हुदैनथ्यो

तिम्रो घरबार बिग्रनुको यहि कारण हो
मेरो ज्यानलाई तीर्थस्थल, मान्नु हुदैनथ्यो

गरिएछ यस्तो गल्ति, पिउँन थालेपछि
जब आधा थियो बोतल, मान्नु हुदैनथ्यो

अपहरणपछि छोरी, कुमारी हुदै हुन्नन्
समाजको यस्तो अड्कल, मान्नु हुदैनथ्यो

म, आफ्नै जीन्दगानी लेखिरहेको थिए
यसैलाई तिमीले गजल मान्नु हुदैनथ्यो

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार