सल्यानमा कर्मचारी र सुरक्षाकर्मीकाे निशुल्क कोरोना बिमा शुरु


 

साउन २४, सल्यान । नेकाे इन्स्याेरेन्स कम्पनीले सल्यानमा कर्मचारी र सुरक्षाकर्मीकाे निशुल्क कोरोना बिमा शुरु गरेकाे छ। सरकार र नेको इन्स्योरेन्स कम्पनी बीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्ममारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरिएको हो ।

नेको इन्स्योरेन्स कम्पनीको शुक्रबार मात्रै सल्यान शाखाले जिल्ला ट्राफिक कार्यालय सल्यानमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना बिमा गरिएको जनाएको छ । जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरना बिमा निशुल्क गरिन लागेको नेको इन्स्योरेन्स कम्पनी सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिएका छन् ।

त्यस्तै सल्यान जिल्लामा हाल कम्पनीले ५ हजार बढि व्यक्तिहरुको कोरानो बिमा गरेको जानकारी दिएको छ । यसबाट सल्यानमा अहिलेसम्म २ जनालाई कोरना बिमा दावी भुक्तानी समेत गरिसकेकाे शाखा प्रमुख दाहालले बताए ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार