साउन २५, काठमाडाैं । पछिल्लाे २४ घण्टा यता नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृ त्यु भएको छ । त्यस्तै, ३ सय ८० जनामा काेराेन भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार जनाएको छ।
यो सँगै कोरोना भाइरसबाट मृ त्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६ हजार ५ सय ४४ जनामा सक्रिय संक्रमण छ भने १६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।