सल्यानमा डाेजरले बाटो खन्दा झरेको ढुंगाले लागेर ५ जना घाइते


साउन २६, सल्यान । डोजरले बाटो खन्दै गर्दा झरेको ढुंगा लागेर सल्यानमा ५ जना घाईते भएका छन । सिद्धकुमाख गाउँपालिका २ सालघारीमा डोजरले बाटो खन्दै गर्दा झरेको ढुंगाले लागेर आइतबार ५ जना घाईते भएका हुन् ।

सडक नजिकै खेतमा जाने कुलो निर्माण गर्दै गरेका पाँचलाई माथिबाट झरेको ढुंगाले लागेर ३ जना महिला र २ जना पुरुष घाईते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते २ महिलाकाे अवस्था गम्भिर भएको र बाँकी ३ जना सामान्य घाईते भएकाे सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

गम्भिर घाईते हुनेहरुमा सिद्धकुमाख गाउँपालिका २ सालघारीकी  ४५ बर्षिया सिता बस्नेत र १६ बर्षिय ओम कुमारी बोहरा रहेका छन । उनिहरुलाई थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ भने बाँकी तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भई रहेको छ ।

फाइल फाेटाे

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार