• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा छिमेकीको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ



साउन २६,सल्यान । सल्यानमा छिमेकी २३ वर्षीय युवकको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।

२०५५ साल कात्तिक ५ गते दिउँसो २ बजे सल्यानको तत्कालीन निगालचुला गाबिस-२ का मनबहादुर कामीको हत्या गरी फरार भएका ६६ वर्षीय -हाल_ ईन्द्रे कामी पक्राउ परेका हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-१ बाट आइतबार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

हत्यापछि फरार भएका कामी सुर्खेतमै घर बनाएर लुकिछिपी बसेकी सूचनाका आधारमा सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको  जोशील बताए ।

ईन्द्रेले मादक पदार्थ सेवन गरी भएको विवादमा तिहारको दिन बन्चरोले हानेर मनबहादुरको हत्या गरी जंगललमा फालेका थिए ।

यसअघि सल्यान जिल्ला अदालतको कामीलाई २० वर्ष कैद फैसला सुनाएको थियो । सोही सजाय भुक्तानीका लागि उनलाई सोमबार अदालतले कारागार चलान गरिसकेको छ ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार