• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

राहत शिक्षकले ध्यानाकर्षण गराए


साउन २७, दाङ । नेपाल राहत शिक्षक नगर कार्यसमिती तुलसिपुरले आज राहत शिक्षक हरुका विभिन्न माग सहित तुलसिपुर उपमहा नगर पालिका शिक्षा महाशाखामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

समितिका अध्यक्ष मेघराज घिमिरेको नेतृत्वमा गएको टोलिले तपशिल बमोजिमका मागहरु शिक्षा महाशाखा प्रमुख भास्कर गौतम र शिक्षा सम्योजक देवराज बिश्वकर्मालाई तपसिल बमोजिमका माग सहित सो पत्र बुझाएको हो ।

तपशिल
१. शिक्षामहाशाखाले निर्देशन गरेको विभिन्न तहका राहत शिक्षक, सहयोगी कार्यकर्ता, बिद्यालय कर्मचारी,कार्यालय सहयोगी हरुको म्याद थप गरि पठाउने सम्बन्धमा सो निर्णय सच्चाउन अनुरोध गर्ने ।
२. बिधालय दरबन्दी मिलान तथा ब्यबस्थापन गर्दा राहत शिक्षकलाइ कनिस्ट नमानी न्युक्तिका आधारमा पायक पर्ने स्थानमा मात्र सरुवा तथा ब्यबस्थापन गर्ने ।
३. प्र अ हरुको तहगत नियुक्ति गर्ने क्रममा योग्यता पुगेका राहत शिक्षकलाइ पनि प्र अ हुन पाउने ब्यबस्था मिलाउने ।
४. प्रा. बि. थापापानीका शिक्षक स्व. कुल बहादुर कवर को परिवारलाइ राहत रकम उपलब्ध गराउनु पर्ने तथा सम्पुर्ण राहत शिक्षकहरुको संचित बिरामि बिदाको रकम स्थानिय तह बाटै उपलब्ध गराउनुपर्ने ।
५. राहत शिक्षक तथा बाल बिकाशमा कार्यरत सहयोगी कार्यकर्ताको समेत सन्चय कोष खडा गर्ने ।
६. तुलसिपुरमा कार्यरत सम्पुर्ण शिक्षक तथा कर्मचारिको PCR परिक्षण तथा स्वास्थ्य बिमाको ब्यबस्था गर्ने ।

यी माग हरुपर्ति बुदागत रुपमा छलफल हुदा १ नम्बर बुदामा रहेको शिक्षक हरुको म्याद थप सम्बन्धमा अहिले म्याद थपको प्राबधान देशैभरी नदेखिएकोले हाल सो कार्य नगरी सम्पुर्ण राहत शिक्षक, स.का. बिद्यालय कर्मचारी एवं सहयोगी कार्यकर्ताहरुको ब्यक्तिगत विवरण फाइल खडा गरि नियुक्ति पत्र, नियुक्ति समर्थन पत्र भए सो पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, अध्यापन अनुमती पत्र,नागरिकताको प्रमाणपत्र को प्रतिलिपी बुझाइ विवरण अध्याबधिक गर्ने सहयोग गर्ने सहमति भएको थियो ।

अन्य मागहरु शिक्षा समितिमा पेश गरि छिट्टै माग पूरा गराउने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो । सो छलफलमा शिक्षा समितका सम्योजक देवराज बिश्वकर्मा, बिध्यालय निरीक्षक चक्र भन्डारी, र समितिका तर्फ बाट सचीव एकराज भन्डारी लगाएत जिल्ला कार्यसमितिका साथिहरु र सल्लाहकार हरु समेत रहनु भएको थियो ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार