• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

मंगलबार आज को मौसम पूर्वानुमान


साउन २७, काठमाडौंं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ ।

मनसुनी न्यून चापीष् रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभागहरुमा  समान्यदेखि पूर्णबदली रहेको र सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, मंगलबार दिउँसो देशका अधिकांश भूभागमा  सामान्य बदली रही  केहि

स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै,  राति देशभर सामान्य  बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार