• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

नेपालमा कोरोनाबाट थप चार जनाको मृ’त्यु, ६३८ जनामा कोरोना पुष्टि


साउन २७, काठमाडौं  । नेपालमा कोरोना भाइरस  संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाकै कारण चार जनाको मृत्यु भएको हो।

मंगलबार कोरोनाले मृत्यु  हुनेमा  धनुषाका दुई, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्।

यस्तै मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

यस्तै कोरोना  भाइरसको  कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेका  ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार