नेपालमा थप ५ सय २५ जनामा काराेना पुष्टि , ४ जनाकाे मृ’त्यु


साउन २९, काठमाडाैं ।नेपालमा पछिल्लाे २४ घण्टामा  थप ५२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ४ जनाको मृ त्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९५ जनाको मृत्यु पुष्टि भएको छ ।

कुल पीसीआर परीक्षण संख्या ४ लाख ८२ हजार २८ पुगेको छ ।उनले पछिल्लो २४ घण्टामा ९ हजार ८५९ ओटा पीसीआर परीक्षण गरिएको पनि बताए ।

उनका अनुसार नेपालमा हालसम्म संक्रमित मध्ये ६७ दशमलव ५ प्रतिशतलाई कोरोना निको भएको बताए । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।यसैगरी बिहीवार मात्रै थप १०९ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार