सिन्धुपाल्चाेक र कालिकाेटमा पहिराेमा परेर २२ जनाभन्दा धेरै पुरिए


साउन ३०, काठमाडाैं । सिन्धुपाल्चाेक र कालिकाेटमा पहिराेमा परेर २२ जनाभन्दा धेरै पुरिएका छन् । अविरल वर्षाकाे कारण आज बिहान ६ बजेतिर सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका २ लिदिमा गएको पहिरोमा परी १६ जनाभन्दा धेरै पुरिएका छन । यहाँ एकै गाउँका २१ घर पुरिएसँगै दर्जनौ मानिस पुरिएको हुनसक्ने र लास निकाल्ने क्रम जारी रहेको वडाअध्यक्ष प्रताप लामाले बताए।

२१ घर मध्ये निकाल्ने क्रममा एकै परिवारका ७ र अर्को परिवारको ६ लास भेटिएको र बाँकी निकाल्ने क्रममा रहेको लामाले बताए। जम्मा १६ जना पुरिएको भेटिएको छ बाँकी निकाल्ने क्रम जारी रहेको उनले बताए।

त्यस्तै कालिकोटको महाबै गाउँपालिकाको वडा नम्बर ३ मा पहिरो जाँदा ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा रजबहादुर विष्टको परिवारका सदस्य रहेका छन् । विष्ट वडा सदस्य पनि हुन् । पहिरोमा परि उनका दुई छोरा, दुई छोरी र उनका दाजुका दुई छोरी गरि ६ जनाको मृ त्यु भएको हो ।

अहिले पहिरो गएको ठाउँमा अहिले प्रहरी र स्थानीय मिलेर उद्धारमा जुटेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार