साउन ३०, धनुषा।धनुषाकाे मिथिला नगरपालिका-९ डाडाँटोलकी १६ वर्षीय सुदीप महतोको पानी जमेको खाल्डोमा डुबेर मृ त्यु भएको छ।सोही नगरपालिका-१० सुनौलो बस्तीस्थित खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनी डुबेका थिए।
प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनलाई उद्धार गरेका थिए।घाइते बालकलाई उपचारका लागि मोडेल अस्पताल लालगढ लगिएकोमा उपचारको क्रममा मृ त्यु भएको हो।
त्यस्तै, महोत्तरीको एकडाँडा गाउँपालिका-१ एकडारा बस्ने नरेश मण्डलको १२ वर्षीय छोरा विवेककुमार मण्डलको पोखरीमा नुहाउने क्रममा डुबेर मृ त्यु भएको छ।