साउन ३०,काठमाडौँ । कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृ त्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४२ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो सँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।
यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।