कविता
प्रेमी अब प्रेमी रहेन,
न त प्रेमिका नै प्रेमिका रहिन्।
अब यी दुबै खेलौना भए
एक अर्काका हातका
कठ्पुतली जस्ता
बसायो बस्छन्
उठायो उठ्छन्खु
बायो खान्छन्
पिलायो पिउँछन्सु
तायो सुत्छन्न
चायो नॉंच्छन्यी
अचम्मका खेलौना
प्रेमरूपी चावी घुमाईदियो पुग्छ
खेलौना त परे
मन परे खेल्छन्म
न नपरे त्यत्तिकै थन्काउँछन्
कसैले बिस्तारामा
कसैले दराजमा
कसैले टेवल माथी
कसैले भुईंमा
पहिला पहिला एकजना सँग
एउटा मात्र हुन्थे खेलौना
अहिले धेरै वटा हुन्छन्थ
री थरीका हुन्छन्
काला, गोरा
अग्ला, होचा
दुब्ला, मोटा
चिम्से, ठूला-ठूला ऑंखा वाला
थेप्चे, चुच्चे
यस्तै यस्तै
फेरी फेरी खेल्छन् खेलाडीहरूले खेलौना।
शौखिन् खेलाडीको त कुरै नगरम्जु
त्ता फेरे जस्तो फेर्छन् खेलौना
कोहि सस्ता खेलौना
कोहि महँगा खेलौना
हैट् ज़माना पनि के आएको यो?
घरमा एउटा खेलौना
बाहिर अर्को खेलौना
अफिसमा, क्लबमा छुट्टा छुट्टै खेलौना
कोहि लिभिंग टुगेदरका
कोहि लाईफ़ टाईमका
कोहि पार्ट टाईमका
टाईम टाईमका खेलौना
टाईप टाईपका खेलौना
हो यिनै टाईप टाईपका खेलौंना मध्यको
म एक खेलौना
जो प्रेमी बन्नको लागि संघर्ष गरीरहेको छ
जो खेलौना होईन एउटा विशुद्ध प्रेमी बन्न
म लडिरहेको छु प्रेमको लड़ाई।