सर्पको टाेकाइबाट डाेटीमा एक महिलाको मृ’त्यु


साउन ३०, डोटी । विषालु सर्पको टाेकाइ बाट ३० वर्षीया  महिलाको मृ त्यु भएको छ । प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृ त्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थिइन् । उनलाई दिउँसो माइती नजिकै सर्पले डसेको थियो ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटामै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार