पाल्पामा अवैध बन्दुकसहित एउटै घरका दुई दाजुभाइ पक्राउ


साउन ३१, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुई जना शनिबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। उनीहरु एकै परिवारका दाजुभाइ हुन्।

मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार