साउन ३१, सल्यान । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भ्रष्टाचार राेक्न सबै आ-आफ्नाे क्षेत्रबाट लाग्नुपर्ने बताएकी छन् । उनले पहिलेजस्ताे भ्रष्टाचार अहिले कम भएकाे बताएकी छन् ।
शनिबार सल्यान खलंगामा आयाेजित मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री केसीले पहिले अनुदान दिने नाममा कर्मचारीहरुले उपभाेक्ता समितीबाट कमिसन माग्ने प्रवृति धेरै भएकाे भन्दै अहिले त्याे कम हुँदै गएकाे बताएकी हुन् । अझैपनि केहि मात्रामा कमिसनकाे खेल चलिरहेकाे भन्दै उनले त्यस्ता कमिसन माग्ने कर्मचारी भएमा तत्काल आफुलाइ खबर गर्न आग्रह गरेकी छन् ।
‘मेराे मन्त्रायलमा कार्यरत कर्मचारीहरु इमान्दार छ्न् । उनिहरुबाट कमिसनका कुनैपनि कामहरु हुँदैनन् ।’ उनले भनिन्, ‘ अझैपनि कसैले कमिसन मागिहालेमा प्रमाण स्वरुप माेबाइलमा रेकर्ड गरेर म कहाँ ल्याउनु, त्यसलाइ तत्काल म कारबाही गर्छु ।’
त्यस्तै मन्त्री केसीले कृषि क्षेत्रको विकासका लागि कृषकलाई ब्याज अनुदान, सहुलियत ऋण र विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने बताएकी छन् । व्याज अनुदान, सहुलियत ऋण कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति, कानुन निर्माणको काम भई रहेको उनको भनाई छ ।
मन्त्री केसीले कृषिमा ब्यवसायिकरण, नयाँ प्रविधि र यान्त्रिकरणमा जोेड भन्दा कृषि र कृषकलाई हेर्ने सोचमा समस्या रहेको बताइन । उनले भनिन ‘कृषि पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा नलिएसम्म कृषि क्षेत्रमा परिवर्तन देख्न सकिदैन । परिश्रम,मेहनत गर्नेलाई सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक छ ।’
कृषि मन्त्रालयले कृषकले उत्पादन गरेको वालीको न्यूनतम समर्थन मूल्य कायम गर्ने र विमाको आधारमा कृषिकलाई पेन्सनको तयारीमा रहेको समेत बताइन । उनले भनिन ‘प्रदेश सरकारले कृषकले उत्पादन गरेको सवै वालिको न्यूतम समर्थन मूल्य तोकन नकसेपनि केही बालिको मुल्य निर्धारण गर्दैछौं ।’