आनन्द बस्नेत/ साउन ३२, सल्यान । सल्यानमा एक पुरुषकाे शव वेवारिसे अवस्थामा फेला परेकाे छ । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका १ अम्रा नजिकै भेरि नदि किनारमा आइतबार अन्दाजी ४५ वर्षका अपरिचित व्यक्तिकाे लास फेला परेको प्रहरीले जनाएकाे छ ।
भेरी नदिले माथिल्लो भागबाट उक्त लास बगाएर ल्याएको स्थानीयले बताएका छन् । स्थानीले शव देखेपछि भेरीकाे किनरा लगाउँदै प्रहरीलाइ खबर गरेका थिए ।
शवलाइ प्रहरीले पहिचान गर्न थालेको जनाएकाे छ । आइतबार भेरी नदिमा पानीकाे बाहव उच्च रहेको थियाे ।