गजल
देशको पीडा झन उच्चतम बनाएर पठायो
केन्द्र बाटै नगरमा बृद्धआश्रम बनाएर पठायो
महोदय रहर लाग्दो बन्दै थियो लुटेपछी इज्जत
जिन्दगी रुवायो आसुको मलम बनाएर पठायो
खुट्टा तान्नेहरु आफ्ना भन्दा निकै प्रिय हुन्छन्
हेर्नुहोस् सरकार आफैलाई खतम बनाएर पठायो
सरकारी चोकमा रक्सी पिउनेहरु जडियाहरु भन्थे
उनिहरुका हरेक प्रयासले मलाई सक्षम बनाएर पठायो
लेखकः धुर्ब बस्याल, स्वर्गद्वारी नगरपालिका २ प्युठान ।