भाद्र १, सल्यान । नेकाे इन्सुरेन्स प्रालिले सल्यानमा ११० जना सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीकाे विमा गरेकाे छ । सरकारी अनुदानमा सरकारी कर्मचारीकाे निशुल्क विमा सरकारले गर्ने भनेसँगै सल्यानमा दुइ हप्तादेखि निशुल्क काेराेना विमा थालिएकाे हाे ।
आइतबार मात्रै नेकाे इन्सुरेन्सले जिल्ला प्रशासन कार्यालयका ११ जना, नापी कार्यालयका १६ जना, स्वास्थ्य चाैकी सिनबाङका ४ जना, भवानी मावी सिनबाङका ३ जना र विद्युत कार्यालयका ३७ जनाकाे विमा गरेकाे जनाएकाे छ । याे सँगै हालसम्म सल्यानमा ११० जना सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी कर्मचारीकाे विमा गरेकाे नेकाे इन्सुरेन्स प्रालि सल्यान शाखाका म्यानेजर नारायण दाहालले जानकारी दिए ।
त्यस्तै अन्य विभिन्न व्यक्तीहरुकाे पनि काेराेना विमा यसअघि नै थालनी गरिएकाे उनले बताए । सबै गरेर सल्यानमा अहिलेसम्म नेकाे इन्सुरेन्सबाट ५ हजार ३ सय ८३ जनाकाे विमा गरिएकाे उनकाे भनाइ छ ।
विमा गरेर काेराेना संक्रमित भएका ३ जनालाइ नेकाेले सल्यानमा अहिलसम्म एक लाखका दरले दाबी भुक्तानी दिएकाे जनाएकाे छ । अब केहि दिनमा दार्मा गाउँपालिकाले आफ्ना २३ हजार बढी नागरिककाे ५० प्रतिशत सरकारी अनुदानमा काेराेना विमा गरिदिन लागेकाे र त्यसकाे लाि सबै कागजी प्रकृया मिलाउदै गरेकाे शाखा प्रमुख दाहालले बताए ।