• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा एक युवकले मदिरा सेवन गरेर घट्टबाट फर्किदै गरेकी महिलालाइ बला’त्कार गरे


भाद्र २, सल्यान । सल्यानमा २६ वर्षीया महिलालाइ बला*त्कार गरेको आरोपमा एक युवालाइ प्रहरीले पक्रा*उ गरेकाे छ । पक्रा*उ पर्ने युवक कालिमाटी गाउँपालिका –२ निवासी २५ वर्षीय लोकराज परियार रहेका छन् ।

साउन ३० गते कालिमाटी गाउँपालिकाकाे वडा नं. ३ मा रहेको स्थानीय घट्टमा गहुँ पिसाउनबाट एक्लै घर फर्किंदै गरेकी महिलालाइ परियारले बला*त्कार गरेकाे प्रहरीले जनाएकाे छ । खलंगाबाट घर फर्कदै गरेका परियारले घट्टबाट गहुँ पिसेर घर फर्कदै गरेकी ति महिलालाइ स्थानीय पानिखोला जंगल अन्तर्गत पर्ने ध्वालाकाँडामा बला*त्कार गरेको पीडितकाे भनाइ उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

आरोपित परियार घटना भएको दिन साथीहरु संग जिल्ला सदरमुकाम खलंगामा नागरिकता बनाउन आएको र घर फर्किदै गर्दा बाटोमा मदिरा सेवन गरेर एक्लै रहेकी महिलाको पिछा गरि घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षले साउन ३२ गते जिल्ला प्रहरी कार्यालय सलनमा जाहेरी दिएको र आरोपितलाइ हिरासतमा राखी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार