भाद्र ३, सल्यान । सल्यान सदरमुकाममा खलंगामा गएराती आएकाे पहिराेले वडाध्यक्षकाे घर भत्किएकाे छ । खलंगा डिएसपी राेड विद्युत प्राधिकरणकाे कार्यालय नजिकै शारदा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामसिंह बुढाथाेकीकाे घरमा पहिराेले क्षेति पुर्याएकाे हाे ।
राति १ बजे सडक छेउबाट झरेकाे पहिराेले बुढाथाेकीकाे घरकाे माथिल्लाे भागका पछाडी थपिएका नयाँ काेठ पुर्णरुपमा भत्किएका छन् । माथिल्लाे भागका काेठामा गएरती काेहि नसुतेकाेले कुनै मानविय क्षेति भने भएकाे छैन् ।
घटनास्थतलमा अहिले नेपाली सेना र नेपाल प्रहरी पहिराे पन्छ्याउन लागिरहेका छन् । याे सँगै विद्युत कार्यालय वरपरकाे भुभाग अहिले पहिराेकाे उच्च जाेखिममा रहेकाे छन् । केहि विद्युतका पाेलहरु जाेखिममा रहेकाेले तिनलाइ स्थातान्तरकाे तयारी गरिएकाे छ ।