अछाममा बाढीले बस्ती नै बगायो, ४ जनाको शव भेटियो, १९ जना बेपत्ता


भाद्र ३, अछाम । अछामको रामारोशन–३ सान्तडाको सैनीबजारको बस्ती नै बगाउँदा १७ जना भन्दा बढी बेपत्ता भएका छन् । पहिराेमा चार जना शव भेटियो भेटिएको छ।

मध्यरातमा कैलाश खोलाले सैनी बजारका घर बगाउँदा १७ जना वेपत्ता भएको र चार जनाको शव भेटिएकाे गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले जनाए। नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको बताइएको अध्यक्ष साउदको भनाइ छ।

घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको छ अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जनाकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार