बाढीले बगायो वडा कार्यालय


भाद्र ३, सुर्खैत । जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो ।

जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए ।

वडा नर ६ कै १५म्ब० घर पहिरोको जोखिममा रहेको उनले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार