सल्यानमा थप १७ जनामा कोरोना पुष्टि


भाद्र ३, सल्यान । सल्यानमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्य एक जना १० महिनाकाे बच्चा समेत रहेकाे छ ।

बुधबार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा बच्चा सहित १७ जनामा कोरोना पुष्टि भएको हो ।संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् ।

संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ का दइ जना, वडा नं.  २ का दुइ जना, वडा नं. तीन जना, वडा नं. ४ का नाै जना र वडा नं. ५ का एक जना रहेकाे सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएकाे छ । संक्रमित सबैलाई बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको छ ।

याे सँगै सल्यानमा काेराेना संक्रमितको संख्या २ सय ७९ पुगेको छ । संक्रमित मध्ये २ सय ५१ जना निको भएर घर फर्कि सकेका छन् भने अब २८ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार