सल्यानकाे टाट्केमा ८० लाखमा २ वटा भवन निर्माण, शाहद्वारा उद्घाटन


पुष्पा रिजन डिसी/ भाद्र ३, सल्यान । सल्यानकाे बागचाैर नगरपालिका ७ काेटबार टाट्केमा रहेकाे बालकन्या माविकाे ३ काेठे र ६ काेठे गरि दुइवटा भवनकाे उद्घाटन गरिएकाे छ । कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयको ८० लाख बजेटमा निर्माण गरिएका दुइवटा भवन बुधबार उद्घाटन गरिएकाे हाे ।

मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा ३० लाखमा ३ काेठे र आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख बजेट विनियाेजन गरेर ६ काेठे भवन निर्माण गरेकाे थियाे। भवनकाे उद्घाटन सल्यान प्रदेश सभा (क) का सदस्य गुलाबजंग शाहले गरेका हुन् ।

कार्यक्रममा बाेल्द‌ै सांसद शाहले विद्यालय भनेकाे मन्दिर भएकाेले राजनैतिक कार्यकर्ताले राजनिती नगर्न आग्रह गरेका छन् । उनले स्थानीय आश्यकता, राेजगार तथा स्वराेजगारमुलक पाठ्यक्रम निर्माण गरि सल्यानलाई प्राविधिक शैक्षिक तरवरले विकास गर्न जरुरी भएको बताए ।

विव्यस अध्यक्ष शोभाराम भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि सांसद शाह, विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना पुन, अतिथिहरु बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश कमिट सदस्य लोक बहादुर डाँगी, वडा नं. ७ का वडाध्यक्ष शेर बहादुर घर्ती, नेकपा बागचौर नगर कमिटी अध्यक्ष घनस्याम शर्मा, जिल्ला कमिटी सदस्य दिपेन्द्र प्रकाश डिसी, विद्यार्थी नेता राम बहादुर केसी लगायतकाे उपस्तिथी रहेकाे थियाे ।

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार