भाद्र ४, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका नं ६ स्थित लामाखेत भन्ने स्थानमा दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
महेन्द्रनगरबाट दार्चुलातर्फ छुटेको बा ३ ख ९११७ नम्बरको हाइस बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइतेहरू लाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।