मोटरसाइकल दुर्घटनामा एकजनाको मृ’त्यु


भाद्र ४, धनगढी। कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृ त्यु भएको छ।

महाकाली नगरपालिकाको दोधारा चाँदनी–३ मा एचआर २६ डीडी ५०४१ नम्वरको भारतीय मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक २० वर्षीय गगन सुनारको मृ त्यु भएको हो।

मोटरसाइकलमा सवार २३ बर्षिय करन बुढा घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार