गणेश खड्का / भाद्र ५, सल्यान । सल्यानमा काेराेना संक्रमितकाे संख्या २ सय ८० पुगेकाे छ ।
पछिल्लाे समय जिल्लाको कालीमाटी गाउपालिका वडा नम्बर १ लक्ष्मीपुरका एक जना पुरुषमा काेराेना पुष्टि भएसंगै कुल संक्रमितकाे संख्या २ सय ८० पुगेकाे हाे ।
उनकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गरिएकाेमा रिपाेर्ट पाेजेटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।