सुरताल नभएको आलु जस्तो गायक


तेज वली /भदौ,५ दाङ । गायक तथा मोडेल दुर्गेश थापाको आलु जस्तो गायक एकदिन सम्म आइपुग्दा ट्रेन्डिङ्गको पहिलो स्थानमा पर्न सफल भएको छ । पछिल्नो समय बिबादमा तानिएका गायक दुर्गेश थापा ऋषि धमला संगको एक अन्तर्वार्तामा बेसुरा गीत गाएपछि थुप्रै दर्शक तथा गीतसंगीतकै सर्जकले नकारात्मक प्रतिक्रिया जनाएका थिए । उनले त्यसपछि सामाजिक सञ्जाल तथा कुनैपनि मिडियामा प्रतिक्रिया जनाएनन । अहिले उनले सबै प्रश्नका उत्तर एउटै गीतमार्फत दिएका छन । उनले गीतमार्फत भनेका छन, होहो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल ।

शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले खिचेको हुन । बसन्त थापाको शब्द तथा संगीत,कृष्ण बिकको एरेन्ज,मिलन बिश्वकर्माको कलर तथा सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा दुर्गेश सँगै नायक पल शाह र पुष्प खड्का र सारिका केसीले नृत्यु गरेका छन । गीत बिहीबार इनाक्सी इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०७७ भाद्र ५ गते शुक्रवार