भाद्र ६, चितवन । सुख्खा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ को ३ नम्बर पुलनजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार राति १ बजेतिर पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउनका लागि तयारी भएरहेको छ । अत्यावश्यक कामका लागि गुडेका सवारीहरु ठप्प भएको प्रहरीले जनाएको छ।