गणेश खड्का / भाद्र ७, सल्यान । सल्यानमा काेराेना संक्रमितकाे संख्या २ सय ८६ पगेकाे छ ।
पछिल्लाे समय जिल्लाको बागचौर नगरपालिका वडा नम्वर २ का चार महिला, एक पुरूष र सिद्धकुमाख गाउँपालिका १ का एकजना पुरुषमा काेराेना पुष्टि भएसंगै कुल संक्रमितकाे संख्या २ सय ८६ पुगेकाे स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा सल्यानका १ सय ६० जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएको हाे । हालसम्म २ सय ५१ जना निको भएर घर फर्किएका छन् ।