बाग्मती नदीमा ३ बालिका बेपत्ता



भाद्र ७, रौतहट । रौतहटको बाग्मती नदीको डुबेर ३ जना बालिका बेपत्ता भएका छन् । आइतबार बिहान करिब ११ बजे नदीमा नुहाउन गएका ३ जना बालिका बागमतीको धर्मपुर घाटबाट बेपत्ता भएका हुन् ।

जिल्लाको गढिमाई नगरपालिका ७ धर्मपुरटोलकीे भदै मुखियाको १० बर्षीय छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासको छोरी १२ बर्षीया सुसिता कुमारी दास र छट्टु मुखियाको छोरी  १० बर्षीया छोरी चन्चल कुमारी मुखिया बागमती खोलामा नुहाउन गएकोमा तीनै जना खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

करिब १२ बजे ३ जना बालिका नदीमा डुबेको खबर प्राप्त हुना साथ प्रहरी चौकी धर्मपुरबाट र ई.प्र.का.समनपुरवाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई खोजतलास कार्य भइरहेको खडकाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार