सुनको मूल्य घट्याे ताेलाकाे कति ?


भाद्र ७, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनकाे मूल्यमा प्रतितोला ४ सय रुपैयाँले घट्यकाे हाे ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २०७७ भाद्र ७ गते आइतवार