कोरोनाबाट आज एकैदिन ८ मृ’त्यु, ७४३ संक्रमितको संख्या पुग्यो


भाद्र ८, काठमाडाैं । पछिल्लाे  २४ घण्टामा देशभर ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर संक्रमण पुष्टि हुनेको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ।
यसैबीच कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार