बाढी पहिरोले गरेको क्षतिप्रति सल्यानका स्थानीय सरकार मौन


भाद्र ८, सल्यान । अविरल वर्षाका कारण सल्यानमा बाढी पहिराेले ठुलाे क्षेती पुर्याएकाे छ । जिल्लाकाे बागचाैर नगरपालिका १२ बाफुखाेला, छत्रेश्वरी गाउँपालिका १ चामी, वडा नम्बर २ दहखाेला, गुँरासे, वडा नम्बर ४ झिम्पे, बनगाड कुपिण्डे नगरपालिका ४ गर्छे, वडा नम्बर ५ को मैनेनी, लाँखर, कारागाउँ लगाएतका ठाउँहरुमा बाढी पहिराेले ठुलाे क्षेति गरेकाे छ ।

बाढीले जिल्लाभर सयाैं घर उच्च जाेखिममा परेका छन् भने दर्जनाैं घर भत्किएका छन् । अहिले सयाैं घर परिवार घर छाेडेर अनेन्त्र बसिरहेका छन् ।

बाढी पीडितलाइ सहयाेग गर्न सल्यानका स्थानीय सरकार भने यतिखेर बेखबर देखिएका छन् । आफ्ना पालिकाका नागरिकहरु बाढीले घरबार बिहिन हुँदा समेत स्थानीय सरकारले खासै चासाे देखाएका छैन् ।

बाफुखाेलामा बाढीले ठुलाे क्षेती गर्दा बागचाैर नगरपालिकाले अहिलेसम्म कुनै खालकाे सहयाेग नगरेकाे पीडितहरुकाे गुनासाे छ । बाफुखाेलामा अर्काे स्थानीय सरकार दार्मा गाउँपालिका पुगेर राहत वितरण गर्दा आफ्नै नगरपालिकाले कुनै खालकाे सहयाेग नगरेकाे उनिहरुकाे भनाइ छ ।

यता वडा अध्यक्ष दिपक वलीले अहिले आफुहरुले तथ्याङ संकलन गरिरहेकाे बताएका छन् । तर स्थानीयहरुले भने अहिले तथ्याङक भन्दा तत्काल सहयाेगकाे अपिक्षा भएकाे बताएका छन् । यहाँ बाढीले ३ वटा घर बगाएकाे छ भने ७० भन्दा धेरै घरहरु जाेखिममा रहेका छन् ।

त्यस्तै छत्रेश्वरी गाउँपालिकाका बाढी पीडितलाइ पनि गाउँपालिकाले अहिलेसम्म कुनै खालकाे सहयाेग गरेकाे छैन् । चामी, दहखाेला, गुराँसेमा बाढीले धेरै क्षेति गरेकाे छ । यहाँ ३ वटा घर भत्किएका छन् भने तीन दर्जन बढी घरहरु जाेखिममा रहेका छन् । गाउँपालिकाकाे बजेट पास नहुँदा यहाँ राहत वितरणमा समस्या भएकाे छ । अहिले आफुहरुले तथ्याङ्क संकलन गरिरहेकाे छत्रेश्वरी २ का वडा सदस्य टिकाराम विकले बताएका छन् ।

उता बनगाड कुपिण्डे नगरपालिकामा पनि बाढी पीडितले अहिलेसम्म स्थानीय सरकारलाइ नदेखेकाे बताएका छन् ।  यस्तो विपत्तीकाे समयमा समेत सरकारले नागरिकको पिडा बुझ्ने काम नगरेको स्थानिय इन्द्र बिसीले गुनासो गरे ।

प्रदेशकाे पनि ठाेस याेजना छैन्

अहिले बाढी पीडितलाइ प्रदेश सरकारले सामान्य राहत वितरण गरेपनि कुनै ठाेस याेजना दिएकाे छैन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वाला, मुख्य मन्त्रीका राजनितिक सल्हाकार भिम प्रकाश शर्मा बाफुखाेला र बनगाड पुगेर चामल, त्रिपाल सहयाेग गरेपनि कुनै ठाेस याेजना दिन सकेका छैन् ।

पीडितहरुले आफुहरुलाइ गास भन्दा पनि बासकाे आबश्यकता भएकाे बताएका छन् । छत्रेश्वरी गाउँपालिका १ चामीका माेहलाल केसीले आफुलाइ कुनै राहतकाे आवश्यकता भन्दा पनि बाढीले बगाएकाे जग्गाकाे लागि तारजालीकाे आवश्यकता भएकाे बताएका छन् ।

त्यस्तै दहखाेलाका यामकला पुनले एक महिनालाइ पुग्ने राहतकाे आफुहरुलाइ आवश्यकता नभएकाे भन्दै बाढीले बगाएकाे जग्गा बनाइदिन आग्रह गरिन् । उनले भनिन्, ‘हामीलाइ कुनै अहिले हामीलाइ कुनै चामल चाहिएकाे छैन्, बरु तारजाली र डाेजरकाे सहयाेग गरेर सरकारले हामीलाइ दुख गर्ने खेत पहिलेकाे जस्तै बनाइदिए पुग्छ ।’

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार