भाद्र १०, दार्चुला । दार्चुलामा बुधबार दिउँसो एक बजे ट्रयाक्टर दुर्घटना हुँदा एक जना पुरुषकाे मृत्यु भएकाे छ, भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्।
जिल्लाकाे मार्मा गाउँपालिकाका वडा नम्बर २ सेलभिसाबाट चामल र मानिस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको से ४ क ४०४७ नम्बरको ट्रयाक्टर रातापानीमा दुर्घटना भएको हो । मृ त्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय गणेश धामी रहेका छन्।
मार्मा गाउँपालिका वडा नम्बर १ का १६ वर्षीय विकास नेपाली, सोही ठाउँका ५३ वर्षीय रामसिंह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका वडा नम्बर २ का विरसिंह लोथ्याल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक कमलबहादुर बिष्टले बताए।
उनले भने, ‘घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। मृतक धामी मार्मा गाउँपालिका वडा नम्बर २ सेलभिसामा पसल सञ्चालन गर्दै आएका थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको उनले बताए।