सुनको मूल्य फेरि बढ्यो, ताेलाकाे कति ?


भाद्र ११, काठमाडौं । विगत चारदिनदेखि लगातार घटेको सुनको मूल्य बिहीवार भने बढेको छ ।

बुधवार प्रतितोला रू. ९६ हजार ८०० रहेको छापावाल सुनको मूल्य बिहीवार भने प्रतितोला रू. ८०० ले बढेर रू. ९७ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै बुधवार प्रतितोला रू. ९६ हजार ३०० रहेको तेजावी सुनको मूल्य बिहीवार प्रतितोला रू. ९७ हजार १०० पुगेको छ । सुनको मूल्य बढेसँगै बिहीवार चाँदीको मूल्य पनि बढेको छ ।बुधवार प्रतितोला रू. १ हजार ३१० रहेको चाँदीको मूल्य बिहीवार प्रतितोला रू. १ हजार ३४५ पुगेको हो।

अघिल्लो दिन बुधवारको तुलनामा बिहीवार चाँदीको मूल्य पनि प्रतितोला रू. ३५ ले बढेको हो । गत भाद्र ३ गते प्रतितोला रू. १ लाख ४०० पुगेको सुनको मूल्य भाद्र ४ गतेदेखि निरन्तर भदौ १० गतेसम्म निरन्तर घट्दै आएको थियो ।

त्यस्तै भाद्र महीनामा सुनको मूल्यमा उच्च दर कायम भएको दिन भाद्र ३ गते प्रतितोला रू. १ हजार ३७५ रहेको चाँदीको मूल्य पनि भाद्र १० गतेसम्म निरन्तर ओराला लागेर भाद्र ११ गते बढेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र ११ गते बिहिवार